Skip to main content

Suchana Vatika

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको ‘उज्यालो नेपाल पार्टी’ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विववरण बुझाएको छ । मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको आयोगले जनाएको छ ।

यसअघि, गत साउनमा पार्टीले विवरण बुझाउँदा ज्ञानकुमार तामाङलाई अध्यक्षको रूपमा अघि सारेको थियो । तर, आज बुझाइएको फेरिएको कार्यसमितिमा तामाङलाई सदस्यमा मात्र सीमित गरिएको छ ।

सुरुवातदेखि नै कुलमानको पार्टी भनेर चर्चामा रहे पनि आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा उनको नाम समावेश छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.