Suchana Vatika

दशौँपटक मुख्यमन्त्री बन्ने अवसर नितेश कुमारलाई

भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू) नेतृत्वको एनडिए गठबन्धन भारी बहुमतका साथ पुनः सत्तामा आउने निश्चित भएको छ।

शुक्रबार बिहानदेखि सुरू भएको मतगणना अन्तिम चरणमा पुग्दा एनडिएले १४० सिट जितेको छ। ६५ सिटमा उसले अग्रता लिइरहेको छ।

२४३ सदस्यीय विधानसभामा बहुमतका लागि कम्तिमा १२२ सिट जित्नुपर्छ। एनडिएले बहुमत पार गरी दुई तिहाईतर्फ अग्रसर भएको छ।

अहिलेसम्म उसले अग्रता लिएको सिटसहित जोड्दा एनडिएले २०५ सिट जित्ने दृश्य देखिएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।

बिहारका चर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेर चुनावमा होमिएको महागठबन्धन ३२ सिटमा खुम्चिने भएको छ।

महागठबन्धनले अहिलेसम्म २१ सिट जितेको छ भने ११ सिटमा अग्रता लिएको छ। ५ सिटमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन्।

पहिलो पटक चुनाव लडेको जनसुराज पार्टीका कुनै पनि उम्मेदवारले जित्न सकेनन्।   योसँगै जेडियूका नितिशकुमार दसौंपटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.