Suchana Vatika

जेन्जीलाई पुनको जवाफ आफै मन्त्री बन्नुस्।

१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई आग्रह गरेका छन् ।

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गरे ।
आफैं निर्वाचनमा भाग लिएर जितेर आइ मागहरू पूरा गर्न उनले आग्रह गरे ।

‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैं चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन,’ उनले भने, ‘यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ ।’
मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैं गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरे ।

‘अब जेन जीका भाई बहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन,’ उनले भने ।

जेन–जी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सिटिईभिटि मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरूको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ ।
विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने बताएको छ । यसै वर्ष सिटिईभिटि को छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.