Suchana Vatika

गगन समूहलाई बिमलेन्द्र निधिको चुनौती कहाँ छ ? तपाईँसँग ५४ प्रतिशत

काठमाडौं । नेपाली कांग्रेका नेता विमलेन्द्र निधिले चुनावअघि कुनै महाधिवेशन गर्न सम्भव नभएको बताएका छन्।

चुनाव र पार्टी महाधिवेशनबारे महिला संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावको तयारी गर्नुपर्ने बेलामा पार्टी महाधिवेशनमा अलमलिन नहुने बताए।

उनले भने, ‘अहिले महाधिवेशनमा केन्द्रित हुने कि चुनाव रोज्ने भन्ने कुरा छ। अहिले विवाद भइरहेको छ चुनाव अघि कि पछि गर्ने भन्नेमा नै। शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ, उहाँले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्न भनिसक्नुभएको छ। हुन्छु भनेपनि पाउनुहुन्न।’

उनले एमाले र माओवादीमा नेतृत्व परिवर्तन असहज भएपनि कांग्रेसमा अफ्ठेरो नभएको जिकिर गरे। उनले अहिले पार्टीको नीति चुनाव बाहेक अरू केही हुन नसक्ने बताए।

उनले थपे, ‘उहाँहरू विशेष महाधिवेशनको कुरा गर्नुहुन्छ, सभापतिले एक वर्ष समय थप गरेर १५ औँ महाधिवेशन गरौँ भनिसक्नुभएको छ, हामीले वैशाखमै गरौँ बरु भनेका छौँ।’

उनले कावा सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउँदै छु भनेपनि नसकेर आजको बैठक स्थगित भएको बताए।

उनले भने, ‘सहमहामन्त्री महेन्द्र यादवले हामी सबैको सहमतिमा प्रस्ताव राख्नुभएको हो। उहाँ एक्लैको होइन।’

यादवको प्रस्तावमा आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, शशांक कोइराला, एनपी साउद, विजय गच्छादारसहित केन्द्रीय सदस्यहरूको पनि साथ रहेको बताए।

उनले थपे, ‘उहाँहरू ५४ प्रतिशतको कुरा गर्नुहुन्छ, त्यसको रुजु गर्न कति दिन लाग्छ? उहाँहरूले भन्दैमा ५४ प्रतिशत छ भन्ने हुँदैन रुजु गर्नुपर्छ। सबैलाई काठमाडौंमा बोलाएर सनाखत गराउनुपर्छ, त्यसो गर्दा कति दिन लाग्छ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.