Suchana Vatika

कांग्रेस अब दाइले भाउजुलाई जिम्मा लाउँदै हो ?

शेरबहादुर देउवा उपचारबाट फर्किनासाथ पार्टीभित्र बढ्दै गएको विवादबारे नेताहरूसँग भेटघाट थालेका छन्। शुक्रबार राति सिंगापुरबाट आएका उनले शनिबार संस्थापन पक्षका चार नेतालाई भाडाको निवासमै बोलाएर दुई घण्टाभन्दा बढी कुराकानी गरे।

भेटमा प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए। महतका अनुसार देउवाले चुनावको तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। साथै पार्टीभित्रको मतभेद मिलाउन नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने सन्देश पनि दिए।

कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा दुवै धार उभिएको छ। चुनावअघि गर्ने कि पछि गर्ने भन्नेमा संस्थापन पक्षभित्रै पनि एकता छैन। २४ केन्द्रीय सदस्यले भने चुनावभन्दा पहिले नै महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापन बुझाइसकेका छन्। देउवा अब पूर्वपदाधिकारी र उक्त समूहका सदस्यहरूसँग छुट्टै भेटेर आन्तरिक विवादबारे थप सुझाव लिन तयारी अवस्थामा छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.