Suchana Vatika

त्रिभुवन विश्वविद्यालयले निकाल्यो यस्तो सूचना स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मङ्सिर ११ गतेदेखि खुला गर्ने भएको छ । आज एक सूचना जारी गर्दै मङ्सिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन बुझाउन समय तोकिएको हो । 

मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८२–०८३ का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सार्वजनिक कार्यक्रम अनुसार प्रवेश परीक्षा भने सम्बन्धित कार्यालयले निर्धारण गर्ने उल्लेख छ । 

कक्षा संचालन २०८२ माघदेखि सुरु हुने सूचनामा उल्लेख छ । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.