Suchana Vatika

पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा भए

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

  • पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
  • उच्च अदालत पाटनले महरालाई धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन’ भनेको थियो।
  • महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो र उनीसँग ९ किलो सुन तस्करीको मुद्दा छ।

११ मंसिर, काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।

मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो ।

यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न अदालतले आदेश दियो ।

उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.