सारांश
- गोरखामा नेकपा एमालेको महाधिवेशनका लागि मतदानबाट प्रतिनिधि छनोट गरिएको छ।
- क्षेत्र नम्बर १ र २ मा विभिन्न पदका लागि निर्वाचन सम्पन्न भयो, जसमा मोहन भट्टराई र प्रेम गुरुङ निर्वाचित भए।
- महिला र युवा क्लस्टरमा पनि निर्वाचन भयो, जसमा मीना बरामु, प्रवीण अधिकारी र सुमन श्रेष्ठ विजयी भए।
पोखरा । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि गोरखाबाट मतदानबाटै महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । उम्मेदवार धेरै भएपछि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो । क्षेत्र नम्बर १ मा खुलातर्फ मोहन भट्टराई र विशाल थापा निर्वाचित हुँदा धनेन्द्र धमला र सन्तबहादुर गुरुङ पराजित भए ।
महिलातर्फ नानीमाया थापालाई हराउँदै मीना बरामु निर्वाचित हुँदा युवामा प्रवीण श्रेष्ठ, शैलेश लामिछाने र सन्जित श्रेष्ठलाई हराएर प्रवीण अधिकारी निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ मा खुलातर्फ प्रेम गुरुङ र बाबुराम थापा निर्वाचित भए । उक्त क्षेत्रमा ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर राना पराजित भए । महिलातर्फ गम्भीरा बराकोटीलाई हराएर शान्ति चापागाईँ निर्वाचित हुँदा युवामा प्रकाश न्यौपानेलाई हराएर सुमन श्रेष्ठले चुनाव जिते ।
दलित क्लस्टरमा कृष्ण नेपाली निर्वाचित भएका छन् । दलित कोटामा काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाको उम्मेदवारी परेको थियो ।