Suchana Vatika

एक सातामा ३२ प्रतिशतसम्म घट्यो गोलभेँडाको मूल्य

 सारांश

  • एक हप्तामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ।
  • कालीमाटी तरकारी बजारका अनुसार, भारतीय सानो गोलभेँडाको मूल्य ८५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।
  • लोकल र टनेल गोलभेँडाको मूल्यमा पनि गिरावट आएको छ।

काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (आज) भारतीय सानो गोलभेँडा ३२ प्रतिशतले घटेर औसत मूल्य ८५ रुपैयाँ कायम भएको छ । गत  साता यो गोलभेँडा १०५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।

यस्तै लोकल सानो गोलभेँडा १९.०५  प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य कायम भएको छ । अघिल्लो साता लोकल सानो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ औसत मूल्य रहेको थियो । 

सानो टनेल गोलभेँडा १७.२९ प्रतिशतले घटेको छ । यो गोलभेँडा अघिल्लो साता प्रतिकिलो १३३ रुपैयाँ औसत मूल्य रहेकोमा आज ११० रुपैयाँ औसत मूल्यमा कायम भएको छ ।

सानो तराई गोलभेँडा १६ प्रतिशतले घटेको छ, अघिल्लो साता १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको यो गोलभेँडा आज १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.