Suchana Vatika

आइतबारसम्म थुनामै रहने क्यानका निलम्बित महानिर्देशक अधिकारी

१९ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् ।

विशेष अदालतमा शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको हो ।

त्यसपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ ।

त्यतिन्जेलसम्म उनलाई अख्तियारकै जिम्मा लगाइएको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.