Suchana Vatika

१२१ रनको लक्ष्य चितवनले पोखरालाई दियो

डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।

२० मंसिर, काठमाडौं । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलमा) पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिवारको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।

दुवै टोली प्लेअफ होडबाट बाहिरिसकेकोले यो खेलको कुनै अर्थ हुने छैन । दुवै टोली अन्तिम खेलमा जितसहित प्रतियोगिता सकाउन चाहन्छन् ।

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । यस्तै एनपीएलमा यसै खेलबा६ डर डेब्यु गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए । कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन जोडे ।

७ रनमै सुरुवाती ३ विकेट गुमाएको चितवनका लागि देव खनाल र सैफ जैबले  ३८ रनको साझेदारी गरेका थिए । जैब बउट भएपछि देवले पाँचौ विकेटका लागि कप्तान कुशल मल्लसँग २५ रनको साझेदारी गरे । देव आउट भएपछि कप्तान कुशल र राम्जानीले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरे ।

बलिङमा पोखराका धनन्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १ विकेट लिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.