Suchana Vatika

६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना धादिङको चालिसेमा

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लाने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

अद्यावधिक हुँदै…

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.