Suchana Vatika

प्रदीप ज्ञवालीको सात बुँदे टिप्पणी नेकपाको सन्देश सभाबारे

काठमाडौँ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न कम्युनिस्ट पार्टी र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाप्रति टिप्पणी गरेका छन् ।

उपमहासचिव ज्ञवालीले सोमबार सामाजिक सञ्जालमार्फत सात बुँदे टिप्पणी गरेका हुन् । उनले दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइएकोमा कुनै स्पष्टीकरण नदिइएको बताएका छन् ।

‘पार्टी पहिचानको रूपमा रहेको माओवादी ब्रान्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु प-यो कुनै स्पष्टीकरण छैन,’ ज्ञवालीको टिप्पणी छ ।

‘जनयुद्ध’का नाममा भएको त्यो भयानक क्षति र त्यसको विरासत किन अलपत्र प-यो भनेर पनि जबाफ नदिइएको भन्दै ज्ञवालीले जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरू आज के भए ?भनेर सोधेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.