Suchana Vatika

भोलिदेखि दुई हप्ता जेनजी महोत्सव मनाउँदै अखिल क्रान्तिकारीले

सारांश

  • अनेरास्ववियु (क्रान्तिकारी)ले दुई हप्ता लामो जेनजी महोत्सव आयोजना गर्दैछ।
  • महोत्सव भृकुटीमण्डपमा आयोजना हुनेछ र यसको उद्घाटन प्रचण्डले गर्नेछन्।
  • यस महोत्सवको मुख्य उद्देश्य युवा प्रतिभाको पहिचान र सम्मान गर्नु हो।

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । भोलि(बुधबार)देखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो ।

राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । जेनजी महोत्सव आयोजना गर्नुको उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने, क्षमता र योग्यतालाई सम्मान गर्ने रहेको अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले बताए । 

पार्टीभित्र जेनजीलाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको शर्माको भनाइ छ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.