Suchana Vatika

एकीकृत प्रयास आवश्यक बालबालिका सम्बन्धी समस्याको समाधान गर्न

सारांश

  • मधेस प्रदेशमा बालबालिका सम्बन्धी समस्या समाधानका लागि प्रहरीले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
  • सामाजिक सञ्जालका कारण बालबालिकामाथि हुने हिंसा बढेको र यसबाट जोगिन अभिभावक सचेत हुनुपर्ने निष्कर्ष निकालियो।
  • बालबालिका माथिको हिंसा नियन्त्रणका लागि तीनै तहका सरकारबीच एकीकृत प्रयासको खाँचो रहेको बताइएको छ।

जनकपुरधाम । मधेस प्रदेशमा रहेको बालबालिका सम्बन्धी समस्याको समाधान गर्नका लागि प्रहरी अझै गंरितापूर्वक लाग्नु पर्ने आवश्यकता औँल्याइएको छ ।  

राष्ट्रिय बाल अधिकार परिषद् र एकीकृत हातेमालो समाज नेपालको संयुक्त आयोजनामा जनकपुरधाममा नेपाल प्रहरीले वाल अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि मधेस प्रदेशमा सञ्चालन गरेको कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रममा सहभागीहरूले सो विषयमा जोड दिएका हुन् ।

मधेस प्रदेशका विभिन्न जिल्लाका महिला तथा बालबालिका शाखामा कार्यरत रहेका प्रहरी अधिकृत तथा प्रहरीहरूको सहभागितामा भएको छलफलमा मधेस प्रदेशमा लागु पदार्थको दुर्वेशन, बालविवाह, बालबालिकाको जोखिमपूर्ण श्रम, बेचबिखन तथा यौन हिंसाका कारणले धेरै बालबालिकाहरू पीडित हुनु परेको बताउँदै पछिल्लो समयमा सामाजिक सञ्जालका कारणले बालबालिका माथिको हिंसा बढ्न थालेकोमा त्यसवाट जोगिन आमा बुबा नै सचेत रहन जरुरी रहेको निष्कर्ष निकालिएको हो।

विद्यालय तहबाट नै उमेर नपुग्दै बालबालिकाहरू भाग्ने समस्या बढ्दै गएको र त्यस सम्बन्धी उजुरीहरू बढी मात्रामा प्रहरीको महिला तथा बालबालिका शाखाहरूमा पर्ने गरेको मधेस प्रदेश प्रहरी कार्यालयका महिला तथा बालबालिका शाखाका वरिष्ठ प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मधेस प्रदेशका जिल्लाहरूमा आर्थिक वर्ष २०८१–२०८२ मा सामाजिक सञ्जालका कारणले पीडित भएर १ हजार १ सय ५६ जनाले उजुरी दिएको छ । यसै गरी बालबालिका माथि विभिन्न प्रकारका हिंसा सम्बन्धी उजुरी १ हजार १ सय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बालबालिकाहरूमा हुने गरेको विभिन्न प्रकारको हिंसाको प्रभावकारी नियन्त्रणका लागि तीनै तहका सरकारका बीचमा एकीकृत प्रयास हुन जरुरी रहेको बताए । उनले पछिल्लो समयमा मधेस प्रदेशका जिल्लाहरूमा लागु औषधको दुर्वेशन, बालविवाह, अन्तरजातीय तथा अन्तरधार्मिक विवाह, सामाजिक सञ्जालका कारणले बालबालिका माथिको हिंसामा वृद्धि भएको बताए ।

राष्ट्रिय वाल अधिकार परिषद्का पूर्व अध्यक्ष एवं एकीकृत हातेमालो समाज नेपालकाका अध्यक्ष डिल्लीराम गिरीले मधेस प्रदेशका जिल्लाहरूमा ठेकेदारले खनेको खाल्डो तथा पोखरीमा बर्सेनि रूपमा सैकडौ बालवालिकाहरुको डुवेर मृत्यु हुने गरेको बताउँदै त्यसलाई रोक्न तथा दोषी माथि कडा कारबाही हुनु पर्ने धारणा राखे ।

मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले बालबालिका माथि हुने सबै प्रकारको हिंसाको प्रभावकारी नियन्त्रणका लागि बालबालिकाका क्षेत्रमा काम गर्ने सबै निकायहरू एकद्वार प्रणाली मार्फत एकीकृत कार्ययोजना सहित काम गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव ईन्द्रदेवी ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला तथा बालबालिका महाशाखाका प्रमुख निर्मला मिश्र, प्रदेश वालकल्यण सञ्जालका सदस्य सलमा खातुनलले मधेस प्रदेशमा बालबालिका माथि हुने गरेको हिंसाका र नियन्त्रणका लागि गर्नु पर्ने कामका विषयमा बोलेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.