Suchana Vatika

आजकाे विनिमय दर यस्ताे छ 

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
  • विभिन्न देशका मुद्राको खरिद र बिक्री दर तोकिएको छ, जुन आवश्यकताअनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1144.37144.97
EUR  (European Euro)1169.24169.95
GBP  (UK Pound Sterling)1193.02193.82
CHF  (Swiss Franc)1181.48182.24
AUD  (Australian Dollar)196.1996.59
CAD  (Canadian Dollar)1104.91105.34
SGD  (Singapore Dollar)1111.75112.21
JPY  (Japanese Yen)109.269.29
CNY  (Chinese Yuan)120.4620.55
SAR  (Saudi Arabian Riyal)138.4738.63
QAR  (Qatari Riyal)139.6139.77
THB  (Thai Baht)14.584.60
AED  (UAE Dirham)139.3139.47
MYR  (Malaysian Ringgit)135.2135.35
KRW  (South Korean Won)1009.789.82
SEK  (Swedish Kroner)115.5315.59
DKK  (Danish Kroner)122.6622.75
HKD  (Hong Kong Dollar)118.5418.62
KWD  (Kuwaity Dinar)1470.58472.54
BHD  (Bahrain Dinar)1382.97384.56
OMR  (Omani Rial)1374.98376.54

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.