सारांश
- नेपाली कांग्रेस म्याग्दीले फागुन २१ गते हुने निर्वाचनका लागि दुई जनाको नाम सिफारिस गरेको छ।
- सिफारिसमा पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम समावेश छ।
- जिल्ला बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस म्याग्दीले पूर्वराज्यमन्त्री सहित दुई जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति समेत रहेका पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर भण्डारी (केबी)को नाम सिफारिस भएको हो ।
गर्बुजा यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री थिए । जिल्लाको बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले जानकारी दिए ।
समानुपातिक तर्फ त्रिलोकचन्द विश्वास विश्वकर्मा, पिपला बुढा, डिल बहादुर विश्वकर्मा र बागवीर दमाईको नाम सिफारिस भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि नेत्र बहादुर महत र निर्मला श्रेष्ठको नाम सिफारिस भएको पुनले बताए ।