२८ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सम्बोधन गर्न थालेका छन् ।
बिहानै सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्रै सुरु भएको थियो ।
बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । बन्दसत्रमा प्रतिवेदनहरू पनि पेश भएका छन् ।
हिजोबाट सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ ।