Suchana Vatika

५ प्रतिशत कोटा एमाले केन्द्रीय कमिटीमा युवालाई

केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो ।

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।

खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जना आउनेछन् । यसो हुँदा ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् । यो ४.९८ प्रतिशत हो ।

पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाको लागि ५ कोटा राखिएको जानकारी दिए ।

केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो ।

गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव नै राखेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.