Suchana Vatika

वित्तीय क्षेत्रका छाता संगठनको आपत्ति, बैंक कर्मचारी कुट्नेविरुद्ध प्रहरीले लिएन जाहेरी

घटनाप्रति नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले दोषीलाई तुरुन्त कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

Summary

  • ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीले कुटपिट गरेको घटनामा प्रहरीले जाहेरी लिन नमानेपछि वित्तीय क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन्।
  • नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले दोषीलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।
  • संगठनहरूले स्थानीय प्रहरी प्रशासनको कमजोरी देखिएको आरोप लगाउँदै भविष्यमा यस्ता अपराध दोहोरिन नदिन कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

२९ मंसिर, काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीले गरेको कुटपिट र दुर्व्यवहारको जाहेरी लिन प्रहरीले नमानेपछि वित्तीय क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन् ।

ऋणीहरूले कर्जा किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न बोलाइ ज्योति विकास बैंक क्षेत्रीय कार्यालय बर्दीबासका कर्मचारीलाई आक्रमण गरेको संगठनहरूको भनाइ छ ।

ज्योति विकास बैंक रुपनी शाखाका ऋणी सप्तकोसी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकले छलफलमा बोलाइ बैंकका क्षेत्रीय कार्यालय बर्दीबासका कर्मचारीलाई २४ मंसिरमा नियन्त्रणमा लिई नियोजित रूपमा आक्रमण गरेका थिए ।

उक्त घटनाप्रति नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले दोषीलाई तुरुन्त कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् 

यस्ता अपराधीलाई समयमै कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरी कर्मचारीको मनोबल उच्च बनाइ सुरक्षा प्रत्याभूति गर्नुपर्नेमा जाहेरी नै दर्ता नहुनु अत्यन्त खेदजनक रहेको संगठनहरूले जनाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति निकाल्दै संगठनहरूले स्थानीय प्रहरी प्रशासनको समेत कमजोरी देखिएको अरोप लगाएका छन् । साथै, भविष्यमा यस्ता आपराधिक कार्य दोहोरिन नदिन पनि अपराधीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।

नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐनकानुन पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय अराजक गतिविधिको निशानामा परिरहेका छन् ।

सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहकका लागि गम्भीर चिन्ताको विषय हो ।

यस प्रकारको घटनाले बैंकिङ सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थालाई नियामक निकाय तथा ऐनकानुनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीका लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रूपमा कर्मचारीको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको उनीहरूले घोर भर्त्सना गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.