काठमाडौँ । प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन)का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । एमालेको ११ औँ महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्यमा उनले उम्मेदवारी दिएका हुन् ।
जेनजी आन्दोलनपछि एमालेमाथि प्रहार भएका बेला स्वच्छ, पेसागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ।
डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। उनी सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ।
डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन्। उनले सान तथा अनेरास्ववियुमा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन्।
डा. थापाले देशलाई इमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए।