Suchana Vatika

बंगलादेश प्रहरी अझै अलमलमा : इन्कलाब मञ्चका नेता हादीको हत्या

 सारांश

  • इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीको हत्यामा संलग्न सुटरबारे बंगलादेश प्रहरीले ठोस जानकारी फेला पार्न सकेको छैन।
  • हत्यापछि बंगलादेशमा व्यापक हिंसा भड्किएको छ, र प्रहरीले हत्याराको खोजीका लागि विभिन्न टोली परिचालन गरेको छ।
  • गत शुक्रबार गोली प्रहारबाट घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

ढाका । इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीको हत्यामा संलग्न सुटरबारे बंगलादेश प्रहरीले अझै कुनै ठोस जानकारी फेला पार्न सकेको छैन। 

बंगलादेशको गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीले घटनाको गम्भीरतालाई ध्यानमा राखेर अनुसन्धान भइरहेको र शङ्कास्पद व्यक्तिहरूमाथि कडा निगरानी राखिएको जनाएको हो।

अतिरिक्त आईजीपी खांडेकर रफीकुल इस्लामका अनुसार आरोपीले देश छोडेर भागेको वा स्वदेशमै लुकेर बसेको भन्नेबारे अहिलेसम्म पुष्टि हुन सकेको छैन। अपराधीहरूले प्रायः आफ्नो ठेगाना लुकाउन भ्रमपूर्ण जानकारी फैलाउने गरेको उल्लेख गर्दै इस्लामले सन्दिग्ध व्यक्ति देशको जुनसुकै कुनामा भए पनि पक्राउ गरिछाड्ने दाबी गरे।

गत शुक्रबार अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका हादीको उपचारका क्रममा बिहीबार सिंगापुरमा मृत्यु भएको थियो। उनको मृत्युपछि बंगलादेशमा व्यापक हिंसा भड्किएको छ। 

शनिबार ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिद परिसरमा अन्तिम संस्कार गरी उनलाई जमिनमुनि गाडिएको छ। प्रहरीले हत्याराको खोजीका लागि विभिन्न टोली परिचालन गरेको बताए पनि हालसम्म कुनै गिरफ्तारी हुन सकेको छैन।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.