Suchana Vatika

आशिकाले भनिन्– प्रत्यक्षमै लड्छु, बालेनले गरे समानुपातिकमा प्रस्ताव

१३ पुस, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेदवार बन्न रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन शाहले प्रस्ताव गरेका छन् ।

भोलिसम्ममा निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची पेश गरिसक्नुपर्ने दबाब दलहरूलाई छ ।

जस अनुसार, आइतबार दिनभर बालेनले समानुपातिकका आकांक्षी र आफूले प्रस्ताव गरेका सदस्यहरूसँग छलफल गरेका छन् ।

सो क्रममा उनले तामाङसँग पनि छलफल गरेका हुन् ।

तामाङका अनुसार, आइतबार साँझ बालेन निकट टिमसँग बसेर उनले छलफल गरेकी हुन् ।

‘मैले भर्खरै छलफल गरेर आएँ । मेयर साब पनि हुनुहुन्थ्यो । उहाँले समानुपातिकमा उम्मेदवार बन्न प्रस्ताव गर्नुभयो,’ उनले अनलाइनखबरसँग भनिन् ।

बालेनसँग छलफल गर्नुअघि उनले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर मत मागेकी थिइन् । सो क्रममा ९२ प्रतिशतले नै प्रत्यक्ष लड्न सुझाव आएकाले आफू समानुपातिकमा इच्छुक नभएको उनले बालेनसमक्ष बताइन् ।

‘भोटिङ पोल राखेको थिएँ । धेरैले ९२ प्रतिशतले प्रत्यक्षमा नै उठ्दा ठिक हुन्छ भन्नुभयो,’ तामाङले भनिन्, ‘अहिले सल्लाह पनि प्रत्यक्षमा नै लड्ने भन्ने भएको छ । तर, कहाँबाट उठ्ने भन्ने चाहीँ फिक्स भइसकेको छैन ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.