Suchana Vatika

चुनाव चिह्न मात्रै मतपत्रमा रहने समानुपातिक सूची बुझाएका दलको

विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहे पनि यसपटक निर्वाचन आयोगले समानुपातिक सूची बुझाएका दलको चिह्न मात्र मतपत्रमा राख्ने भएको हो ।

Summary

  • निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राख्ने व्यवस्था गरेको छ।
  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची आयोगमा पेश गरेका छन्।
  • समानुपातिकतर्फ १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची बुझाएका छन्।

१८ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ ।

विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए ।

समानुपातिक तर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् ।

यसरी यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.