Suchana Vatika

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्‍यौं – ट्रम्पको दाबी

भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् ।

ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।

भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’

राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.