Suchana Vatika

अरनिको पाँडे पनि थपिए, रास्वपामा समानुपातिकतर्फ नाम फिर्ता लिनेको लहर

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिनेको

लहर नै चलेको छ। योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।

डा. पाँडेले आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा समानुपातिकको सूचीबाट आफ्नो नाम फिर्ता लिने बताएका थिए।

‘हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित मनोनीत २६ जनालाई स्वागत गर्न बसेको केन्द्रीय समिति बैठकमा विषय प्रवेश गर्नुअघि डा. अरनिको पाँडेले एउटा कुरा राख्नु छ भन्दै समानुपातिकको सूचीका कारण नेतृत्वलाई अप्ठ्यारो परेको महसुस भएको छ, म आफ्नो नाम फिर्ता लिएर सहयोग गर्न चाहन्छु भन्नुभएको थियो, उहाँले आफ्नो नाम फिर्ता लिनुभएको छ,’ प्रवक्ता मनिष झाले सेतोपाटीसँग भने।

रास्वपाको समानुपातिक सूचीबाट डा. महेन्द्र लावती, सचिन ढकाल, आसिफ साह, त्रिशला गुरूङले यसअघि नै नाम फिर्ता लिइसकेका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.