Suchana Vatika

विश्वप्रकाश शर्मा : विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका हुन् ।

महामन्त्री शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘विशेष महाधिवेशन हुन्छ। पार्टी विभाजन हुँदैन।’ विधान अनुसार माग भएको विशेष महाधिवेशन हुँदा विभाजित नभई थप मजबुत हुन बल पुग्ने बताए।

पुस २७ र २८ गते हुने गरी विशेष महाधिवेशनको प्रचार गरिएको छ। विशेष महाधिवेशनको लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ। विशेष महाधिवेशनले कार्यबिधि विशेष महाधिवेशन हलले तय गर्ने पक्षधर नेताहरुले जानकारी गराएका छन्। ‘विशेष महाधिवेशनले पारित गर्ने एजेण्डा हलले कार्यबिधि बनाएर तय गर्छ, महामन्त्री शर्माले भने।

२९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाएर विशेष महाधिवेशनको माग गरिएको थियो। विशेष महाधिवेशनको लागि हस्ताक्षर थप बढ्ने मागकर्ताहरुको दाबी छ।

विशेष महाधिवेशनको हस्ताक्षर संकलन गर्ने अगुवा मध्येका एक नेताले भने, ‘हस्ताक्षर फिर्ता गर्न दबाब दिने क्रम बढेको छ। केही व्यक्तिले फिर्ता लिन पनि सक्छन् । तर, बढ्नेको सङ्ख्या धेरै छ । ५४ प्रतिशत बढेर ६४ प्रतिशत माथि पुग्छ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.