उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जाेशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताको पक्षमा आफू रहेको बताएका छन् ।
२६ पुस, धनगढी । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जाेशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताको पक्षमा आफू रहेको बताएका छन् ।
ज्यालो नेपालले रास्वपासँगकाे एकता भंग भएकाे भन्दै कुलमान घिसिङलाई अध्यक्ष घाेषणा गर्ने निर्णय गरेलगत्तै जाेशीले रास्वपासहितका नेताहरूसँग छलफल गरेका छन् ।
छलफलका क्रममा उनले उज्यालो नेपालका १५ देखि २० जना सदस्य एकताकै पक्षमा उभिने ब्रिफिङ गरेकाे उनीनिकट स्रोतले बतायाे ।
जाेशी उज्यालो नेपालमा अध्यक्षपछि केन्द्रीय सदस्यकाे दोस्रो वरीयतामा थिए ।