Suchana Vatika

कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने विशेष महाधिवेशनपछि

पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

Summary

  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
  • महामन्त्री गगनकुमार थापाले अभियानले निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्ने बताए।
  • अभियानले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई राजनीतिक तथा सामाजिक जिम्मेवारीमा परिचालन गर्नेछ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समाुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

‘यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउनेछ  र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिजृना गर्नेछ,’ थापाले प्रतिवेदनमा भनेका छन्, ‘संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानतालाई प्रवर्द्धन गर्ने मार्गचिका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.