Suchana Vatika

पार्टीको कार्यक्रम हो – देउवालाई गगनले फेरि भने, आउनुस्

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुन: आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुन: आग्रह गरेका हुन् ।

उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन अपिल गरेका थिए ।

‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’ थापाले भने ।

कार्यक्रममा सहभागीता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरूले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरूसँग डराएर आउन नसकेको जिकिर समेत गरे ।

महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबी समेत गरे ।

‘यो भनिरहँदा अहिले थुप्रै साथीहरूले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोहीभित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नुभएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरूसँग डराउनु भएको छ,’ उनले भने ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.