Skip to main content

Suchana Vatika

उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे टिकट नपाएका एमाले नेताहरू

पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

Summary

  • नेकपा एमालेका नेताहरूले पार्टीले टिकट नदिए पनि आफ्ना क्षेत्रका उम्मेदवारसँगै निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन्।
  • उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्नुभएको छ।
  • फरक समूहमा लागेका गोकुल बास्कोटा, सुरेन्द्र पाण्डे र पुरुषोत्तम पौडेलले पनि टिकट नपाएपछि मनोनयन दर्ता गराएका छन्।

६ माघ, काठमाडौ । पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् । यसअघिका दुई चुनावमा भट्टराईले ताप्लेजुङबाट जितेका थिए ।

तर, एमालेको एघारौं महाधिवेशनमा फरक समूहमा लागेपछि उनलाई यसपटक टिकट दिइएन । फरक समूहमै लागेका गोकुल बास्कोटाले पनि पार्टीको टिकट पाएनन् ।

काभ्रे–२ मा अशोक व्याञ्जुलाई एमालेले टिकट दिएको छ । बास्कोटा पनि ब्याञ्जुसँगै मनोनयन दर्ता गर्न पुगेका छन् ।

चितवन–१ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे मनोनयन दर्तामा पुगे । यहाँ एमालेले कमल पाठकलाई उम्मेदवार बनाएको छ ।

बारा–२ मा टिकट नपाए पनि बलवीर चौधरीको मनोनयन दर्ता गराउन पुरुषोत्तम पौडेल सहभागी भएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.