Suchana Vatika

 उम्मेदवारी दर्ता गरे एनपी साउदले – कञ्चनपुर-२ मा

यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

Summary

  • नेपाली कांग्रेसका नेता एनपी साउदले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • साउदले गत निर्वाचनमा कञ्चनपुर–२ बाट २८ हजार १३६ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत पाएका थिए।
  • यसपल्ट रास्वपाले दीपक बोहरालाई, एमालेले बचनबहादुर सिंहलाई र नेकपाले माधव पन्तलाई कञ्चनपुर–२ मा उम्मेदवार बनाएका छन्।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए ।

साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए ।

यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.