Suchana Vatika

प्रदीप पौडेल : काठमाडौं-५ ले फेरि जिताउने विश्वास छ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् ।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् ।

‘काठमाडौं- ५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै जाने कुरै रहेन । मलाई यहाँ जनताले पुन जिताउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘यसअघि गरिएका वाचा कतिपय पूरा भएका छन्, कतिपय डेभलपमेन्ट भैरहेका छन्।’

उनले आफ्नो पहलमा सुरु भएका आयोजनाहरूको पूरा गर्नका लागि पुन: उम्मेदवारी दिएको बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.