Suchana Vatika

७४ जनाको उम्मेदवारी दर्ता ललितपुरको तीन निर्वाचन क्षेत्रमा

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

ललितपुर क्षेत्र नं. १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन्। यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन्। ललितपुर क्षेत्र नं. २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २३ मध्ये सात जना स्वतन्त्र छन् भने १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार दर्ता गराएका छन्। यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन्।

त्यसैगरी ललितपुर क्षेत्र नं. ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार छन्। यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

ललितपुर क्षेत्र नं. १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जनलगायत उम्मेदवार चुनावी मैदानमा छन्।

त्यसैगरी ललितपुर क्षेत्र नं. ३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जितेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर क्षेत्र नं. २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलसहित नेपाल कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवार बनेका छन्। साथै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच पनि प्रतिस्पर्धा रहने देखिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.