Summary
- एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने भएको छ।
- परीक्षा शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण ढिला भएको हो।
- परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो।
७ माघ, काठमाडौं । कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।