Suchana Vatika

रेशम चौधरी सर्वोच्चमा, उम्मेदवारी खारेजीविरुद्ध

९ माघ, काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।

उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।

उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.