Suchana Vatika

जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो धावनमार्ग पुगिसकेको टर्किस एयरलाइन्स

टीके–७२७ उडान नम्बर रहेको सो जहाव काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

११ माघ, काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।

टीके–७२७ उडान नम्बर रहेको सो जहाव काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडिसमेत सकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेशनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि सो जहाज उडानमा फर्कन्छ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.