Suchana Vatika

नौटङ्की र चटके शैलीमा राजनीति गर्दिनँ , नेपाली कांग्रेस पार्टी सभापति गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल मत माग्न नभई दीर्घकालीन सम्बोधन गाँस्न आएको बताएका छन्।

थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार छन् । मंगलबार उनले नेता–कार्यकर्तासँग भेटका क्रममा यस्तो बताएका हुन् ।

थापाले चुनावका बेला मात्र देखिने पाहुना नेता बन्न नचाहेको स्पष्ट पारे। उनले केही नेताहरू चुनावको समयमा मात्र आएर फोटो खिच्ने औपचारिकता निभाउने र पछि हराउने प्रवृत्तिबाट आफू अलग रहेको दाबी गरे।
स्थानीय भाषाका केही शब्द बोल्न सुझाव आए पनि केवल ताली बटुल्न नाटक नगर्न उनको भनाइ थियो।

थापाले काठमाडौँमा सांसद रहँदा गैर नेवार भएपनि नेवार समुदायको संस्कृति र पर्वमा घुलमिल भएर विश्वास जितेको अनुभव सुनाउँदै उनले सर्लाहीमा पनि त्यस्तै सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए।

आफू नौटङ्की र चटके शैलीमा राजनीति नगर्न बताउँदै थापाले सर्लाही क्षेत्र नम्बर ४ का जनताको साथी भाइ र छोराको रूपमा काम गर्ने सङ्कल्प गरे।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.