Suchana Vatika

दायर रिट खारेज गर्न माग गर्दै, मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द

काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै परेको रिट खारेज भएको छ । 

अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै दायर रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै टेलिकमलाई मोबाइल फोनमा रिङ ब्याक टोन बजाउने बाटो खुलेको छ ।

रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर गरेका थिए ।

साथै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छा विपरीत ‘रिङ ब्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.