Suchana Vatika

हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै, अछाममा बेहोस बालेनको प्रचारमा खटिएका पत्रकार सिटौला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम गएका एक व्यक्ति बेहोस भएका छन् । 

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला एक्कासि बेहोस हुँदा टाउकोमा गम्भीर चोट लागेको टोलीका एक सदस्यले जानकारी दिए । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी हस्पिटल ल्याइँदै छ । 

पेशाले चलचित्र पत्रकार सिटौला बालेनको चुनावी अभियान सुरुदेखि नै हिँडिरहेका छन् । उनी चलचित्र पत्रकार सङ्घको पूर्व अध्यक्ष समेत रहेका छन् ।  उनी फिल्मी अनलाइन द सिनेमा टाइम्स नेपालका सञ्चालक पनि हुन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.