Skip to main content

Suchana Vatika

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

२० माघ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।

यस सम्बन्धमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले पत्र लेखेको जनाएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

यस सन्दर्भमा कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित कागजात पेश गर्न भनेको छ । ‘यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए सो कागजातको प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ आयोगले सोमबार महानगरलाई लेखेको पत्रमा उल्लेख छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.