Suchana Vatika

धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार प्रदीप अधिकारीलाई

२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै फुयाल र थापाको इजलासले धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा अधिकारीलाई थुनामा पठाउने आदेश यसअघि नै भइसकेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.