Suchana Vatika

विमानस्थलको सुरक्षा व्यवस्था कडा, केपी ओली झापा आउँदै

उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

३ फागुन, झापा । केपी शर्मा ओली आज झापा आउँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा-५ का उम्मेदवार हुन् । उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भने विमानस्थल सुरक्षामा कडाइ गरिएकाे बारे आफूलाई कुनै जानकारी नभएकाे बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.