Suchana Vatika

मुस्ताङमा प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले मुस्ताङका सुरक्षा अधिकारी लगायतसँग चुनावका लागि भइरहेको तयारबारी जानकारी लिएकी छन् ।

८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकीछन् ।

शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।

मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।

प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् ।

साथै मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिएकी छन् ।

प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.