Suchana Vatika

बच्चाबच्चीले पनि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छ, तर बन्दैन – ओलीको टिप्पणी

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको टिप्पणी गरेका छन् ।

झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्नसक्ने पनि बताए ।

‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ,’ ओलीको भनाइ थियो, ‘तर उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.