Suchana Vatika

हर्कराज साम्पाङ विजयी – सुनसरी-१ मा

Summary

  • सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
  • उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका छन्।
  • श्रम संस्कृति पार्टीका आरेन राई र ध्रुवराज राई क्रमशः खोटाङ १ र भोजपुर १ मा अग्रता लिएका छन्।

२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् ।

यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.