Skip to main content

Suchana Vatika

जेलेन्स्कीको घोषणा खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, यो सहयोग पारस्परिक हुनुपर्ने सर्त जेलेन्स्कीले राखेका छन् ।

Summary

  • युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू पठाएको जानकारी दिनुभयो।
  • जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’ विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको र खाडी राष्ट्रहरूलाई त्यो अनुभव बाँड्ने बताउनुभयो।
  • उनले सहयोग पारस्परिक हुनुपर्ने र जसले सहयोग खोजिरहेका छन्, उनीहरूले युक्रेनको वायु रक्षा प्रणालीका लागि सहयोग जारी राख्नुपर्ने सर्त राख्नुभयो।

२७ फागुन, काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको भनाइ छ ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’हरूलाई विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको दाबी गरे ।

उनका अनुसार युक्रेनको अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकाका लागि पनि बलियो सुरक्षा प्रणाली निर्माण गर्न कठिन हुनेछ ।

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, जेलेन्स्कीले यो सहयोग पारस्परिक हुनुपर्ने सर्त राखेका छन् ।

उनले भनेका छन्, ‘जसले अहिले युक्रेनको सहयोग खोजिरहेका छन्, उनीहरूले हाम्रो रक्षाका लागि, विशेष गरी हाम्रो वायु रक्षा प्रणालीका लागि सहयोग जारी राख्नुपर्छ ।’

अमेरिका र इजरायलले इरानमा फेब्रुअरी अन्तिम साता संयुक्त आक्रमण गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता खली खामेनी लगायतका नेताहरु मरिएका थिए । त्यसयता इरानले इजरायल र खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरी हमला गर्दै आएको छ ।

इरानले छिमेकी राष्ट्रहरूमाथि जवाफी हमला सुरु गरेयता जेलेन्स्कीले निरन्तर रूपमा आफ्नो सैन्य सीप र अनुभवलाई कूटनीतिक बार्गेनिङका रूपमा प्रयोग गरिरहेको टिप्पणी हुँदै आएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.