Skip to main content

Suchana Vatika

कांग्रेसका ५७ जनालाई पैसा दिएको रहस्य : प्रेमबहादुर आले

कैलाली– ५ मा नेपाली कम्युनिस्ट पार्टी नेकपा०का उम्मेदवार प्रेमबहादुर आलेले २१ फागुनको निर्वाचनमा कांग्रेसका ५७ जनालाई पैसा दिएको रहस्य खुलेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले आफ्नै दलका नेताबाट चुनावमा पैसाको चलखेल भएको खुलासा गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक कुराकानीका क्रममा पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका मनुले कांग्रेसकै ५७ जनाले अन्य उम्मेदवारसँग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका हुन् ।‘जो चुनावमा तेस्रो स्थानमा आउनुभएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’, मनुले भनेका छन्, ‘तपाईंप्रति मेरो सद्भाव छ भन्दै तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नभो ।’ २१ फागुनको निर्वाचनमा कैलाली– ५ मा नेपाली कम्युनिस्ट पार्टी नेकपा०का उम्मेदवार प्रेमबहादुर आले तेस्रो भएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.