Suchana Vatika

के भइरहेको छ काठमाडौं जिल्ला अदालतमा

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् ।

Summary

  • पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा १५ चैतमा ल्याइएको छ।
  • न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्याद सम्बन्धी निवेदन पेश हुने भएको छ।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्था प्रतिकूल भएकाले भिडियो कन्फ्रेन्सिङबाट अदालतमा उपस्थित गराइने छ।

१५ चैत, काठमाडौं । पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा ल्याइएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा म्यादसम्बन्धी निवेन पेस हुने भएको छ । न्यायाधीश श्रेष्ठ जिल्ला अदालतमा आइसकेका छन् ।

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् । तर, न्यायाधीश श्रेष्ठले प्रहरी र सरकारी वकिलको कार्यलयका तर्फबाट फाइल पेस नभएकाले केहीबेर पर्खन भनेका छन् ।

त्यसैले लेखकलाई जिल्ला अदालत काठमाडौंको रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ । अदालत बाहिरपट्टी कार्यकर्ताहरुले प्रदर्शन गर्ने जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरीहरु ठूलो संख्यामा परिचालित भएका छन् ।

यसबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा पेस गर्न कठिन भएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताएका छन् । बडालका अनुसार उनको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले अदालतमा ल्याउने अवस्था छैन । त्यसैले भिडियो कन्फ्रेन्सिङ वा भर्चुअल रुपमा उनलाई न्यायाधीशसामु उपस्थित गराइने छ ।

ओली र लेखकलाई थुनामा राख्न नहुने भन्दै बहस गर्ने र बहस हेर्ने कानुन व्यवसायीहरूको भीड अदालतमा लागेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.