काठमाडौँ — गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। हालै आफ्नो शेयरसम्बन्धी उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै उनले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पद त्याग गरेका हुन्।
गुरुङले पदभन्दा नैतिकता ठूलो हुने उल्लेख गर्दै जनविश्वास जोगाउन राजीनामा दिएको बताएका छन्। उनले Gen Z आन्दोलनले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन्।
उनले अब सम्बन्धित विषयमा स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिँदै सबैलाई सत्य र इमानदारीको बाटोमा उभिन आह्वान गरेका छन्।